१८ श्रावण २०८२, शनिबार

Responsive Timeline Design | CodingNepal
कार्यकारी निर्देशक प्रकाश श्रेष्ठको राजीनामा फागुन १८
Image for कार्यकारी निर्देशक प्रकाश श्रेष्ठको राजीनामा

राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए,योजना आयोगमा सदस्य समेत रहेका श्रेष्ठले गभर्नर बन्नको लागि दिएको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन।

अर्थमन्त्रालयबाट उमेर संसोधन फागुन २७
Image for अर्थमन्त्रालयबाट उमेर संसोधन

सरकारले अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड संशोधन गरेको थियो । सो संसोधन अनुसार ६५ वर्ष कटेको व्यक्ति पनि राष्ट्र बैंकको गभर्नर बन्नको लागि बाटो खुल्ने थियो ।राष्ट्र बैंक ऐनमा भने गभर्नरको उमेर तोकिएको छैन।

गभर्नर बन्न नबिलबाट ज्ञानेन्द्र ढुंगानाको राजीनामा चैत १०
Image for गभर्नर बन्न नबिलबाट ज्ञानेन्द्र ढुंगानाको राजीनामा

ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकको सीईओबाट राजीनामा दिए

सिफारिस समिति गठन चैत ११
Image for सिफारिस समिति गठन

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारद्वारा सिफारिस समिति गठन, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको समितिमा पूर्वगभर्नरबाट विजयनाथ भट्टराई र अर्थविदको रुपमा डा विश्व् पौडेल सदस्य थिए।

६५ कटेकालाई रोक्न रिट चैत ३१
Image for ६५ कटेकालाई रोक्न रिट

सरकारले फागुन २७ संशोधन गरेको मापदण्ड विरुद्ध सर्वोच्चमा रिट दायर, ६५ वर्ष उमेर कटेको व्यक्तिलाई गभर्नर बनाउन नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भयो ।

६५ कटेको व्यक्ति गभर्नर बन्न नपाउने वैशाख २
Image for ६५ कटेको व्यक्ति गभर्नर बन्न नपाउने

सरकारले फागुन २७ गते संशोधन गरेको मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश,सर्वोच्चको यो फैसलासँगै ६५ वर्ष कटेका पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रविन्द्र पाण्डे गभर्नर बन्ने बाटो बन्द भयो।

कार्यकारी निर्देशकबाट गुणाकर भट्टको राजीनामा वैशाख ५
Image for कार्यकारी निर्देशकबाट गुणाकर भट्टको राजीनामा

डा. गुणाकर भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए,सरकारका प्रमुख साझेदार कांग्रेस र एमालेबीच गभर्नरमा गुणाकर भट्टलाई बनाउने सहमति अनुसार कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिए । गभर्नर बन्नको लागि कार्यकारी निर्देशकबाट राजीनामा दिनुपर्ने बाध्यता नभएपनि भट्टले राजीनामा दिएका थिए । उनको राजीनामा अहिलेसम्म स्वीकृत भने भएको छैन।

गुणाकर विरुद्ध रिट वैशाख ५
Image for गुणाकर विरुद्ध रिट

डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा निवेदन दर्ता,गभर्नर नियुक्तिको नाम सिफारिसमा नपर्दै गुणाकर भट्ट विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भयो ।

विजयनाथ भट्टराईको राजीनामा वैशाख ९
Image for विजयनाथ भट्टराईको राजीनामा

सिफारिस समितिको बैठक नबसेको तथा अयोग्य व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर बनाउन लागेको भन्दै सिफारिस समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिए।

महाप्रसाद अधिकारी समिति सदस्यमा नियुक्त वैशाख १५
Image for महाप्रसाद अधिकारी समिति सदस्या नियुक्त

राष्ट्र बैंक ऐनमा गभर्नर सिफारिस समितिमा पूर्वगर्भनरबाट एकजना राख्नुपर्ने व्यवस्था अनुसार सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिको सदस्या नियुक्त गर्‍यो । अधिकारीको कार्यकाल सकिएपछि हुने गभर्नरको लागि अहिले विवाद भएको छ ।

गुणाकरलाई सर्वोच्चबाट राहत वैशाख १७
Image for गुणाकरलाई सर्वोच्चबाट राहत

डा. गुणाकर भट्टको योग्यताको विषयमा परेको निवेदन सर्वोच्चमा अस्वीकार,सर्वोच्चले अन्तरिम आदेश नदिएपछि भट्टलाई गभर्नर नियुक्त गर्न बाटो खुलेको थियो । तर,कामू गभर्नरको जिम्मेवारी पाएकी निलम ढुंगानाले भने अहिलेसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन्।

महाप्रसाद विरुद्ध रिट वैशाख २८
Image for महाप्रसाद विरुद्ध रिट

महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न गर्दै सर्वोच्चमा रिट दर्ता,राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी छनोट समितिमा बस्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । छनोट प्रक्रिया अधिकारी गभर्नर पदमा हुँदा नै शुरु भएको हुँदा उनी समितिमा बस्न नमिल्ने भन्दै रिट दर्ता भएको हो।

विश्व पौडेलको राजीनमा वैशाख २८
Image for विश्व पौडेलको राजीनमा

गभर्नर छनोट समितिका सदस्य डा विश्व पौडेलले राजीनामा दिए,कांग्रेस र एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले सिफारिस समितिबाट नै राजीनमा दिए । योजना आयोगका पूर्वउपाध्यक्ष रहेका पौडेल चितवन १ मा २०७९ सालमा प्रतिनिधिसभा सदस्य उम्मेद्वार थिए।

महाप्रसादको चयनमा सर्वोच्चको फैसला वैशाख ३०

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका सदस्य महाप्रसाद अधिकारीविरुद्धको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ ।

विश्व पौडेल विरुद्ध रिट वैशाख २८

गभर्नर बन्न सिफारिस समितिबाट राजीनामा गरेका विश्व पौडेल विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनी नेपाली कांग्रेसबाट २०७९ मा चितवनमा उम्मेद्वार भएको भन्दै रिट दायर भएको हो।।