१८ श्रावण २०८२, शनिबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।

४ श्रावण २०८१
अ+
अ-

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।

प्राधिकरणका अध्यक्षसमेत रहेका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उनले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुने गरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिए ।